आज:  | Fri, 19, Apr, 2024

पोखरा विश्वविद्यालयमा हल्ट प्राइज २०२०-२०२१ को तयारी सुरु

२०७७, ६ भाद्र शनिबार २०:५८ मा प्रकाशित ( ३ साल अघि) २०७७१ पाठक संख्या

पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसले अन्तर्राष्ट्रिय समाजिक उद्यमशिलता चुनौती २०२०र२१ आयोजना गर्ने तयारी गरेको छ । अमेरिकी १ मिलियन डलरको ग्लोबल सेटअप पुरस्कार रहेको हल्ट प्राइज २०२०र२१ ले भर्खरै मात्रै यसबर्षको चुनौती प्रस्तुत गरेको छ ।

 

दिगो विकास लक्ष्यहरू को १७ वटा शीर्षक मध्येको सातवटा शीर्षकमा रहेर प्रतिस्पर्धीहरूले फुडफर गुड(transforming food into vehicle for change)  भन्ने शीर्षकमा आफ्नो कुराहरु प्रस्तुत गर्नेछन् | विश्वभरका १२२ वटा देशको दुई हजारभन्दा बढी विश्वविद्यालयहरु का विद्यार्थीहरुले भाग लिने उक्त कार्यक्रमलाई हल्ट फाउन्डेसन, हल्ट बिजनेस इन्टरनेसनल स्कुल र संयुक्त राष्ट्र संघले संयुक्त रुपमा आयोजना गर्दछन् |

आशिष लामिछानेको नेतृत्वदायी भूमिकामा पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पस मा हुने हल्ट प्राइज पोखरा विश्वविद्यालयले तयारी द्रुतगतिमा गरेकाे छ। पोखरा विश्वविद्यालयका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्नातक तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन्।

खबर एक्सप्रेस