आज:  | Mon, 15, Apr, 2024

भिडन्तमा चितुवाको मृत्‍यु

२०७७, ७ भाद्र आईतवार २०:५२ मा प्रकाशित ( ३ साल अघि) १२७७३ पाठक संख्या

लमजुङ जिल्ला बेसीशहर बसाम्दी थापा गाउँ निवासी ६३ बर्षिय हरिबहादुर थापाको हँसिया प्रहारले चितुवा मरेको छ ।

आज बिहान गाउँमा चितुवा छिरेर बालकलाई आक्रमण गर्दा थापाले बालकलाई बचाउन खोज्दा चितुवासँग भिडन्त भएको थियो । सोही भिडन्तमा घाइते भएका थापाको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको छ ।

भिडन्तमा मरेको चितुवालाई डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ ।

खबर एक्सप्रेस