आज:  | Tue, 16, Apr, 2024

कुलमान घिसिङलाई पुन:नियुक्तीका लागि सामाजिक संजालमा कलाकारलो समर्थन

२०७७, ९ भाद्र मंगलवार १५:१८ मा प्रकाशित ( ३ साल अघि) १३४८६ पाठक संख्या

काठमाडौं, भाद्र ९ गते

विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको ४ बर्षे कार्यकाल सकिन लाग्दैगर्दा सामाजिक सञ्जाल तातिएको छ ।

विद्युत प्राधिकरणमा कुलमान घिसिङले नेतृत्वल लिएपछी देशमा लोडसेडिङ मुक्त भयो । अझ विद्युत प्राधिकरण त फाईदामा नै गयो । उनको कार्यकाल भदौ २९ मा सकिँदैछ । अहिले कुलमान घिसिङलाई पुन अर्को कार्यकालका लागि नियुक्त गर्न नागरिक स्तरबाट दबाब स्वरुप अभियान थालनी भएको छ । अहिले केही चर्चित कलाकारले आफ्नो सामाजिक संजालबाट समर्थन जनाइरहेका छन् । 

यस बिषयमा वरिष्ठ हाँस्यकलाकार तथा लेखक हरिवंश आचार्य यस्तो लेख्छन् 

“यो देशमा अन्धकार ल्याऊनेहरु  धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ | ऊज्यालो ल्याउनेलाई  सम्मान गरौ । उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ”

ऊनको यो पोस्टमा अहिलेसम्म ४० हजारले समर्थन गरेका छन् भने २५ सय जनाले शेयर र १७ सय जनाले कमेन्ट गरेका छन् ।

वरिष्ठ अभिनेत्री तथा  निर्मात्री करिश्मा  मानन्धर  यस्तो लेख्छिन् 

“थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन , कुलमन घिसिङ फेरि चाहिन्छ”

ऊनको यो पोस्टमा अहिलेसम्म १० हजारले समर्थन गरेका छन् भने एकसय जनाले शेयर र पाच सय जनाले कमेन्ट गरेका छन् ।

खबर एक्सप्रेस