आज:  | Mon, 04, Mar, 2024

प्रहरी वृत्त कीर्तिपुरको मोवाईल भ्यान दुर्घटना

२०७७, ९ भाद्र मंगलवार १७:४२ मा प्रकाशित ( ३ साल अघि) ८८९८ पाठक संख्या

काठमाडौं, भदौ ९ गते, महानगरीय प्रहरी वृत्त कीर्तिपुरको मोवाईल भ्यान दुर्घटना भएको छ । पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको बा.१झ ८०६४ नम्बरको भ्यान चोभार गेट नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा परेर गाडीमा सवार ७ प्रहरी घाईते भएका महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी रुकेश तन्डुकारले रातोपाटीलाई जानकारी दिए ।

घाइते प्रहरीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । ड्युटी पिक एण्ड ड्रप गर्दा ब्रेक फेल भएर भ्यान दुर्घटना भएको हो । भ्यानमा ११ प्रहरी कर्मचारी सवार थिए ।

खबर एक्सप्रेस