आज:  | Tue, 29, Sep, 2020

प्र.जि.अ रेग्मीलाई गृह जिल्लामा स्वागत

२०७७, ११ भाद्र बिहीबार २१:४७ मा प्रकाशित ( १ महिना अघि) ११४८ पाठक संख्या

सबिन रेग्मी

प्रमख जिल्ला अधिकारी भएर पर्बत गएका शम्भुप्रसाद रेग्मी लाई उनको गृह जिल्लामा स्वागत गरिएको छ । पर्बत जिल्लाको फलेबास नगरपालीका ७ लिमिठानामा जन्मीएका रेग्मी प्रमख जिल्ला अधिकारी भएपछि पहिलो पटक बिहिबार आफ्नो गृह जिल्ला पुगेका थिए ।

पहिलो पटक पुगेका रेग्मीलाई वडा अध्यक्ष हरिराम रेग्मी लगाएतका अन्य परिबारीक सदस्यहरुले स्वागत र सम्मान गरेका थिए । कोरोना भाइरसको माहामारीको अबस्थामा अनौपचारीक रुपमा सामान्य छलफल र स्वागत कार्यक्रम भएको थियो ।

छलफल कार्यक्रममा रेग्मीले आफ्नो तर्फबाट वडा र समग्र पर्बतको लागी सक्दो सहयोग गर्ने बताए । छोटो समयको छलफल र परिवारीक भेटधाट पछि प्र.जि.अ रेग्मी सदरमुकाम कुश्मा फर्र्कीसकेका छन् ।

खबर एक्सप्रेस