आज:  | Tue, 29, Sep, 2020

बलिउड अभिनेता अनुपम खेरले पत्नी किरणलाई विवाहत्सवको बधाई

२०७७, १२ भाद्र शुक्रबार ०८:३९ मा प्रकाशित ( १ महिना अघि) १२१० पाठक संख्या

बलिउड अभिनेता अनुपम खेरले आफ्नो विवाहको ३५ औं जन्मोत्सव मनाइरहदा पत्नी किरणलाई विवाहत्सवको बधाई दिएकाछन् । आफ्नो ट्विटरमा एक ब्ल्याक एण्ड ह्वाइट तस्वीर सेयर गर्दै पत्नी किरणलाई विवाहत्सवको बधाई दिएका छन् ।

क्याप्सनमा किरणको लागि मायाले भरिएका शब्द प्रयोग गरेका छन् । तस्वीर सेयर गर्दै उनले क्याप्सनमा लेखेका छन्, ‘प्रिय किरण ३५ औं विवाहत्सवको शुभकामना, हामीहरुले एकले अर्कालाई चिनेको ४५ वर्ष बितेको छ यो लगभग पुरै जिन्दगी हो । हामी सँगै ठुलो भयौ तर फरक फरक माहौलमा ।हामीले एकै ठाउँमा समय धेरै बिताएनौ, तिमी सांसद व्यस्त छौ म एक अभिनेता तर पनि म तिम्रो साथमा छु र सधै हुनेछु । तिमी महान महिला हौँ । तिम्रो लागि धेरै प्रेम र प्राथना छ । शुभ वार्षिक उत्सव ।’

यी दुईको विवाह १९८५ मा भएको थियो । दुवैजना पहिला एकै थिएटरमा काम गर्थे । कामको क्रममा साथी बने र विस्तारै प्रेमसम्बन्ध भयो । किरण खेर १९८० मा फिल्मको कामको खोजीमा मुम्बई गइन् । मुम्बईमा ठुलो व्यापारी गौतम बेरीको मायामा परिन् र उनीहरु दुवैले उतै विवाह गरे । गौतम र सिकन्दरको एक छोरा सिकन्दर जन्मिए पनि दुईजनाको वैवाहिक जीवन धेरै दिन चलेन । यता अनुपम खेरको पत्नी मधुमालतीसँग राम्रो सम्बन्ध थिएन खटपट चलिरहेको थियो । समयसँगै छुट्टिएर बस्न थाले । दुवै जनाको दुवैतिर वैवाहिक सम्बन्ध सकिएपछि अनुपमले किरणलाई प्रस्ताव राखे । यसपछि १९८५ मा विवाह गरे । विवाहपछि सिकन्दरलाई अनुपमले आफ्नो थरसमेत दिएका हुन् ।

खबर एक्सप्रेस