आज:  | Thu, 15, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट : भाद्र १२ गते

२०७७, १२ भाद्र शुक्रबार १९:०६ मा प्रकाशित ( ३ साल अघि) १०३२४ पाठक संख्या

काठमाडौं, भाद्र १२ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ९२७ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १६,०१९ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ६५८,११० जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा ८,९३९ जना, आईसोलेशनमा १६,०१९ जना, स्वास्थ्यलाभ गरी घर फर्केको २०,२४२ जना १९५ जनाको मृत्यु भएको छ ।

१२ जनाको मृत्यु

नेपालमा २४ घण्टामा सङ्क्रमित चार महिलासहित १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने १९५ पुगेको छ । नेपालमा कुल सङ्क्रमितको अनुपातमा मृत्यु हुने प्रतिशत शून्य दशमलब ५३ प्रतिशत पुगेकाे छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ४३०,९८७,६१० जना, संक्रमण पुष्टि भएको संख्या २४,७४०,०८३ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १७,३३५,३८४ जना, बाँकी संक्रमित संख्या ६,५६६,७५५ जना र ८३७,९४४ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस