आज:  | Sat, 17, Feb, 2024

नेपाल आइडल सिजन–३ को उपाधि सज्जालाई

२०७७, १२ भाद्र शुक्रबार २२:१७ मा प्रकाशित ( ३ साल अघि) ११२२३ पाठक संख्या

काठमाडौं : नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले आफ्नो पोल्टामा पार्न सफल भईन। शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि पाउदा फस्ट रनरअप प्रवीण बेडुवाल भएभने सेकेन्ड रनरअप उपाधि किरणकुमार भुजेलले पाए।

देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन्।  

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए। 

नेपाल आइड–३ को उपाधिसहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

खबर एक्सप्रेस