आज:  | Mon, 04, Mar, 2024

फ्रेस ब्लड डोनर ग्रुपको छोटो समयमा उल्लेखनीय काम ः एक हप्तामा ३ रक्तदान कार्यक्रम सम्पन्न

२०७७, १३ भाद्र शनिबार १४:५६ मा प्रकाशित ( ३ साल अघि) १२१२२ पाठक संख्या

सुदिप पौडेल
पोखरा १३ भदौ

कोरोना भाईरसका कारण मुलुकभर रगत संकलन कार्य ठप्प छ । मुलुकमा रगतको अभाव रहेको हुदा रगतको अभावलाई मध्यनजर गर्दै स्याङ्जाका सक्रिय युवा तथा सामाजिक अभियान्ता हरि ढकाल र उनका साथिहरुले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले सुरु गरेको अभियानले छोटो समयमा नै उल्लेखनीय काम गर्न सफल भएको छ । उक्त ग्रुपले निर्माण भएको एक हप्ता पनि नहुँदै तीन ओटा रक्तदान कार्यक्र्रम सम्पन्न गरेको छ ।

फ्रेस ब्लड डोनर ग्रुपले १ हप्तामा रेडक्रस सोसाइटीको सहयोगमा भाद्र ७ गते पोखरामा पहिलो कार्यक्रम गरेको थियो उक्त कार्यक्रमा १६ जनाले रक्तदान गरेका थिए । त्यसैगरी भदै १० गते रेडक्रस सोसाइटी केन्द्रिय रक्तसञ्चार केन्द्र कालिमाटीमा दोस्रो पटक १५ जनाले गरेका थिए भने भदै १३ गते काठमाडौको सामाखुसी ६२ जनाले रक्तदान गरेका थिए । पोखरा, कालिमाटि र सामाखुसिमा भएको रक्तदान कार्यक्रमा ९० ले रक्तदान गरेका छन् ।


फ्रेस ब्लड डोनर समुहले ग्रुप खोलेको १ हप्तामा नै मिलेको साथले झनै उर्जा थपेको र यसरी सबैको साथ मिले आगामी दिनमा रक्तदानको क्षेत्रमा उल्लेख्य काम गर्न सकिने ढकाले बताउनुभयो । रक्तदान गर्ने तथा प्रत्येक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई फ्रेस ब्लड डोनर समुहले धन्यवाद व्यत्त गरेको छ ।

खबर एक्सप्रेस