आज:  | Tue, 29, Sep, 2020

झापाको अर्जुनधारा सफाई अभियानले दुई बर्ष पुरा गर्‍यो

२०७७, १५ भाद्र सोमबार ०९:५६ मा प्रकाशित ( ४ हफ्ता अघि) ४३७२ पाठक संख्या

झापाको अर्जुनधारा सफाई अभियानले आज दुई बर्ष पुरा गरेको छ । बाग्मति सफाई अभियानको प्रेरणाबाट शुरु भएको बिर्तामोड सफाई अभियान र अर्जुनधारा सफाई अभियान पुर्बी नेपालका सशक्त सफाई अभियान हुन । हाल कोरोना भाईरसका कारण यि अभियानलाई सानो (ब्यक्तीगत) घरआगन बाटो सफाई गर्दै निरन्तरता दिइदै आएको मुख्य अभियन्ता बिष्णु आचार्य बताउछन् ।

अर्जुनधारा सफाई अभियानले समाजमा धेरै परिवर्तन ल्याउन सकेको जनचेतनाको बिकास भएको जनप्रतिनिधी र समाजका अगुवाहरु बताउछन् । यहि अभियानले मेचीमहाकाली सफाई अभियान समेत् संचालन गरेको थियो। 

कोरोना सन्क्रमणको स्थिती सामान्य भएसँगै यि अभियानलाई अझ तिब्रता दिने अभियानलाई सयोज गर्दै आएका अभियन्ता बिष्णु आचार्य बताउछन् ।

यो अभियानले ठाउँ ठाउँमा सिमेन्ट डस्टवीनहरु राख्ने, जनचेतनामुलक होडीङ्बोड, र्याली, बिद्यालय केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

खबर एक्सप्रेस