आज:  | Tue, 29, Sep, 2020

न त कोरोना भाइरसलाई वेवास्ता गर्न सक्छौं न त समाजलाई नै

२०७७, १५ भाद्र सोमबार ११:२६ मा प्रकाशित ( ४ हफ्ता अघि) १०२४ पाठक संख्या

आज  म र मेरो परिवार घरमा बसेको पनि ५ महिना भन्दा बढी भैसकेछ। विश्वमा अझै पनि कोरोना भाइरस दिन प्रति दिन बढ्दै गइरहेको छ। ५ महिनाको Self Home Qurentine मा‌ बस्दा म र मेरो परिवार समाज बाट एक्लो भएको महसुस  हुँदै छ। मानिसहरू रमाइलो जमघट र चिया कफीको मिठा मिठा चुस्कीसँगै कोरोना भाइरसको खिल्ली उडाउन व्यस्त छन् र मेरो परिवार भने कोरोना भाइरस लागि पो हाल्छ कि भनेर त्यही समाजमा भएरपनि समाज बाट टाढा आफ्नै घरमा बसेको छौं। समयको माग र सरकारको निर्णयलाई पालना गर्दै आएका छौं।

जब नेपाल सरकारले लकडाउनको निर्णय गर्यो त्यो दिन देखि सामाजिक दुरी कायम गरेर घर भित्रै बसेका छौं।न त कसैको घरमा गएर नै बस्यौं न त कसैले दिएको नै खाने कुरा खायौं त्यसैले त हामी सबैको हाँसोको पात्र बनेका छौं।

अहिले नेपालमा पनि लकडाउन खुल्यो र दैनिक रूपमा कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गइरहेको छ तर पनि मानिसहरू रमाइलो र जमघटमा नै रमाइरहेको देखिन्छ।

समाज भनेको “जिउँदोको जन्ति मर्दा को मलामी” होरे मान्छे र समाज सधैं चाहिन्छ रे। हामी सबै मारेर तिमीहरु मात्र बाँचेर के गर्छौ भनेर भन्नी मान्छेको कमी पनि थिएनन्।  सक्नेहरु ले हाम्रो अगाडि नै भने त कतिले पछाडि पनि कुरा काटेको रहेछन्। कतिपयलाई जवाफ दियौ त कतिपय को कुराहरु वेवास्ता गर्दै गएउ। अब जब कोरोना भाइरस र समाज मध्ये कुनै एकलाई रोज्नु पर्दा मेरो परिवार भने दोदारमा छ। न त कोरोना भाइरसलाई वेवास्ता गर्न सक्छौं न त समाजलाई नै। लाग्दैछ सामाजिक दुरी कायम गर्नाले नै मेरो परिवार समाजबाट नै दुर हुँदैछ।

के कोरोना भाइरस प्रति म र मेरो परिवार सजक रहनु मेरो परिवारको गल्ती भएको हो??

के समयको माग अनुसार आफ्नो सुरक्षाको आफैँ व्यवस्था गर्नु हाम्रो भुल थियो???

यदि त्यसो हो भने के सहि हो त ….?? र
यदि त्यसो होइन भने यस्तो किन त..???
कोरोना भाइरसको संक्रमण हुन बाट बचौं।

सृस्‍टि ढुङ्गाना आयुर्बेद क्याम्पस कीर्तिपूर

खबर एक्सप्रेस