आज:  | Mon, 15, Apr, 2024

नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी

२०७७, १५ भाद्र सोमबार ११:३४ मा प्रकाशित ( ३ साल अघि) १२६४९ पाठक संख्या

काठमाडौँ, भदौ १५ गते ।

नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेकोछ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यो निर्णय गरेको हो । बैठकले इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। 

नेपालले अहिलेसम्म ४० देशसँग हवाई सम्झौता गरेको छ । यद्यपि नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान भने आधा दर्जन देशसँग मात्र सीमित छ । 

समूहको बैठकले भदौ १६ देखि हुने नियमित उडानमा वायुसेवा कम्पनीले कोरोनाको महामारीपूर्व लिने हवाई भाडा दरभन्दा बढी नलिन सम्बन्धित वायु सेवा कम्पनीलाई सचेत गराउने निर्णय गरेको छ । 

खबर एक्सप्रेस