आज:  | Thu, 15, Feb, 2024

भोक हड्तालबाट इब्रु तिम्तिकको निधन

२०७७, १५ भाद्र सोमबार ११:५३ मा प्रकाशित ( ३ साल अघि) १०४१७ पाठक संख्या

टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी ४२ वर्षिया  कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिकको निधन भएको छ । उनी २३८ दिनको भोक हड्तालमा थिईन् सोही कारण उनको निधन भएको बताइएको छ । उनलाई टर्किेसको सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो । परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनलाई टर्किस सत्ताले प्रतिबन्धित पार्टी रेभ्युल्सनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादीको समेत् आरोप लगाएको थियो । टर्कीमा तिम्तिकसहित राजनीतिक परिवर्तनका निम्ति भोक हडताल गर्दै यो वर्ष मात्रै चर्चित जनगायिका हेलिन बोलेकलगायत चारजनाले निधन भैसकेको छ। टर्केली जनताको न्याय, समानता र परिवर्तनको पक्षमा सञ्चालित अभियानको पक्षमा काम गर्दै आएकी इब्रु तिम्तिकको निधनको खबरले टर्किेसको सत्तालाई चौतर्फी बिरोध आएको छ ।

खबर एक्सप्रेस