आज:  | Tue, 20, Feb, 2024

आज पहिलो नियमित अन्तर्राष्ट्रिय उडान हुने

२०७७, १६ भाद्र मंगलवार २१:०१ मा प्रकाशित ( ३ साल अघि) १७३३० पाठक संख्या

काठमाडौँ, भदौ १६ गते । कोरोना महामारीका कारण बन्दाबन्दी भएकोले नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको थिएन । सरकारले बन्दाबन्दीको पाँच महिनापछि आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

पहिलो उडान निगमको नारितामा

नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुने आज पहिलो दिन नेपाल वायु सेवा निगमको एक मात्र उडान तालिका रहेको छ । निगमको वाइड बडी जहाजले आज राति जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले भएको छ । आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चैत ११ देखि भदौ १४ गतेसम्म बन्दाबन्दी र त्यसपछि निषेधाज्ञाको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५४ हजार ११५ यात्रु नेपाल आएका छन् । नेपालबाट २२ हजार १९६ जना यात्रु बाहिरिएका छन् । कार्गोतर्फ उक्त अवधिमा विभिन्न देशबाट १४ लाख ४१ हजार ५४० कार्गो नेपाल भित्रिएको छ भने नेपालबाट १८ लाख २७ हजार ८४४ कार्गो विदेश पठाइएको छ ।

खबर एक्सप्रेस