आज:  | Tue, 20, Feb, 2024

आज नेकपाको सचिवालय बैठक बस्दै

२०७७, १८ भाद्र बिहीबार ०८:०६ मा प्रकाशित ( ३ साल अघि) ११३४७ पाठक संख्या

काठमाडौं, भदौ १८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार बस्दै छ । बुधबार भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफलपछि बिहीबारका लागि बैठक निश्चित भएको हो ।

बिहीबार बस्ने सचिवालय बैठकको कार्यसूची बारेमा छलफल गर्न बुधबार अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए। पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदन माथि सचिवालयको बैठकमा छलफल हुनेछ । 

खबर एक्सप्रेस