आज:  | Tue, 16, Apr, 2024

सन्तोष सेनले हुतुतुलाई उत्कृष्ट बनाउन लकडाउनलाई भरपुर उपयोग गरे

२०७७, १८ भाद्र बिहीबार १४:२४ मा प्रकाशित ( ३ साल अघि) २३७७८ पाठक संख्या

काठमाडौ, कोरोना भाईरसको संक्रमणका कारण् लकडाउन भएको समयमा बिशेष गरी फिल्मी क्षेत्रका कलाकार बिच नकारात्मक टिकाटिप्पणी धेरै भए । एककिसिमले फिल्मीनगरी निकै बिबादित पनि बन्यो । फिल्म क्षेत्रमा मात्र नभै आमनागरिकमा पनि फिल्म कलाकारबारे नकारात्मक बहस हुन थाले ।एकप्रकारले फिल्म क्षेत्रबारे हेर्ने धारणा पनि नकारात्मक बन्न पुग्यो।

प्रेमगित निर्माता सन्तोष सेन भने यही बिचमा नकारात्मक टिकाटिप्पणी भैरहेको फिल्मनगरीमा फरक किसिमले प्रस्तुत भए । उनले आफ्नो टिमलाई लिएर नयाँ प्रोजेक्टको काम थालनी गरे । कमेडीजनराको फिल्म हुतुतुको काममा लागे । नकारात्मक बनेको फिल्म क्षेत्रमा केही सकारात्मक सन्देश गयो । अन्य फिल्म निर्माता कलाकार पनि आआफ्नो नयाँ प्रोजेक्ट बारे सोच्न थाले । 

 

उनले हुतुतु फिल्ममा बरिस्ठ कलाकार हरीबंस आचार्य, प्रदिप खड्का, पल शाह, मोहम्मद नाजिर हुसैन, गौरव पहारी, सलोन बस्नेत, राजाराम पौड्याल,मावत्से गुरुंग लगाएत कलाकारलाई फाईनल गरे ।

उनको टिमले फिल्मको कथालाई अझ उत्कृष्ट बनाउन लकडाउन अवधीभर बिभिन्न चरणमा एकान्तबासमा बसी काममा फोकस गरे कथालाई मजबुत बनाउदै गए । अहिले फिल्मको कथालाई लक गर्न टिम अन्तिम चरणको एकान्तबासमा रहेको बुझीएको छ । फिल्मलाई प्रेमगित३ निर्देशक सन्तोष सेन र छेतेन गुरूङले निर्देशन गर्ने छन्। बाँकी कलाकार सहित् नायिकासँग छिट्टै सम्झौता गर्ने तयारी टिमले रहेको छ ।

यो टिम कोरोना भाईरस संक्रमणको स्थिती सामान्य भएसँगै प्रेमगित३ को रिलिज मिती घोषणा गर्ने तयारीमा रहेको बुझिएको छ

खबर एक्सप्रेस