आज:  | Tue, 20, Feb, 2024

रुसले कोरोनाको खोपको खोप एक वर्षमा ५० करोड डोज उपलब्ध गराउने

२०७७, २० भाद्र शनिबार १०:०५ मा प्रकाशित ( ३ साल अघि) ९४८७ पाठक संख्या

काठमाडौं, भदौ २० गते । रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको छ । 

बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गएिको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो । उनीहरुलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन हप्ता पछि बुस्टर डोज दिइएको थियो । सो खोपको परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका व्यक्ति समावेस थिए र उनीहरुलाई खोप दिइएको ४२ दिन पछि परीक्षण गर्दा सबैले तीन हप्ता भित्रैमा रोगसँग लड्ने एन्टिबडी पैदा भइसकेको थियो । अध्ययनका क्रममा सबैमा टाउको दुख्ने र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट भने पाइएको थियो र अन्य कुनै गम्भीर साइडइफेक्ट थिएन । 

हालै दि लेनसेट नामक जर्नलमा प्रकाशित रिर्पाेटमा सो खोपले बलियो प्रतिरोधि क्षमता विकास गरेको उल्लेख गरिएको छ ।

सो खोपको परीक्षण रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको छोरीमा पनि गरिएको र उनले राम्रो अनुभव गर्नुका साथै उनमा धेरै मात्रामा एन्टिबडी उत्पन्न भएको पुटिनले जानकारी गराएका थिए । सो खोप मुख्य रुपमा निशर्त सुरक्षित हुनुका साथै भिविष्यमा प्रभावकारी हुनु पर्ने छ । रुसले सो खोपको ठूलो संख्यामा यही सेप्टेम्बरमा उत्पादन थाल्ने र एक वर्षमा ५० करोड डोज उपलब्ध गराउन सकिने बताएको छ ।

(बीबीसीमा प्रकासित समाचारमा आधारित)

खबर एक्सप्रेस