आज:  | Thu, 18, Apr, 2024

काेराेना विरूद्दकाे लडाई हाम्रो साझा हाे – प्रधानमन्त्री

२०७७, २१ भाद्र आईतवार २२:१८ मा प्रकाशित ( ३ साल अघि) १७०८२ पाठक संख्या

प्रधानमन्त्री तथा अर्थमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्शका लागि आयाेजना गरेको छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।
उक्त अवसरमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस माेर, हरिभक्त शर्मा र शेखर गाेल्छाले निजी क्षेत्रका नेतृत्वकर्ताहरूकाे तर्फबाट आ-आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए। त्यसक्रममा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलाे पारेर अर्थतन्त्रलाई चलायमान गर्न र काेराेनालाई बढी हल्लाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए।
नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सराेकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेकाे अध्ययन र सम्बोधनकाे बारेमा स्पष्ट परेका थिए।
आफ्नाे सम्बोधनकाे क्रममा प्रधानमन्त्रीले नागरिककाे जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्दै स्वतन्त्रताको असन्तुलित वकालतले गर्दा धेरै ठूलाे क्षति भाेग्नुपर्नेतर्फ सबैकाे ध्यानाकर्षण गराएका थिए ।
काेभिड -१९ बारेकाे सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवार ब्य्क्तीहरु सचेत हुन बताय।
उनले नेपाली जनता कसैलाई भाेकै बस्न नदिन सरकार लागिपरेकाे बताउदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गरे। प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेकाे प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएकाे तथ्यमा पनि प्रकाश पारे। काम गरेर खान नेपालमा समस्या नरहेकाे भन्दै भाैतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरू याे अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि आह्वान गरे। छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउने मध्य छैठाै मुलुक नेपाल रहेकाे यथार्थले हामीकहाँ कामकाे कमी छैन भन्ने देखाउछ भन्ने तर्क दिए ।
काेराेनाकाे विषयमा मनाेवैज्ञानिक आतंक नफैलाई नागरिककाे मनाेबल बढाउनुपर्नेमा उनले विशेष जाेड दिए ।

खबर एक्सप्रेस