आज:  | Thu, 28, Mar, 2024

खतिवडा जि… क्यापटेन बिजय लामा

२०७७, २१ भाद्र आईतवार २३:०९ मा प्रकाशित ( ३ साल अघि) २५०१८ पाठक संख्या

क्यापटेन बिजय लामाले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै प्रश्न गरेका छन् ।
म कुनै अर्थ बिध होइन तपाईं जस्तो..न मलाई तपाईजस्तो ठूलो ठूलो हिसाब राख्ननै आउँछ..देशको अर्थतन्त्र बारे न धेरै बोल्न या बुझाउन सक्ने ब्यक्ती नै हु!

म त एउटा सामन्य मान्छे जस्ले हरेक महिना तलब थापेर जिविका चलाउछ र जो करको चापमा परेर हम्मे हम्मेको जीवन चलाउन बाध्य भएको छ अरु नेपाली नागरिक जस्तै!!!
तपाईं त अर्थबिध, एउटा बिग्य अनि अब त भुपु अर्थ मन्त्री पनि…त्यसैले गर्दा तपाइलाइ केही प्रश्नहरु राख्न चहान्छु!!!

१:तपाइको कार्यकालमा हामी नेपाली जनतालाइ राहत पुर्याउने अर्थ नीति ल्याइ दिए जस्तो लाग्छ कि बिगारे जस्तो लाग्छ?
२: करको चपेटामा जनतालाइ राख्नु भयो जस्तो लाग्छ कि लाग्दैन??
३: त्यत्रो कर असुले र पनि के जनतालाइ राहत दिलाउने कार्यक्रम कुनै ल्याउनु भयो कि भएन??
४: जे परे पनि कर नै बडाएको जस्तो मात्र लाग्दैन? आज तपाइले छाडेर जानू भएको नितिले नेपाल र नेपालीहरुलाइ समृद्धिको बाटोमा लैजान्छ जस्तो लाग्छ??
५: अब कुन ओहोदा ओगटेर फेरि हामी सबैलाइ कष्ट कर जिवनमा धकेल्न चहानु हुन्छ?
माथिका प्रश्नहरु मेरो मात्र होइन…सम्पुर्ण नेपालीहरुको हो!!!

जय चन्द्र सुर्य!!

खबर एक्सप्रेस