आज:  | Tue, 29, Sep, 2020

गाईको मासु भाग लगाउदै गर्दा एक पक्राउ

२०७७, २२ भाद्र सोमबार २१:४७ मा प्रकाशित ( ३ हफ्ता अघि) ७७६ पाठक संख्या

नुवाकोट, भदौ २२ गते ।
नुवाकोटको तादी गाउँपालिका–३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार तादी–३ को टुटुङमा गाई काटेको सूचनाको आधारमा पुगेको प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा तादी–१ उर्लेनीका ३० वर्षका सुरेशजंग लामालाई पक्राउ गरेको हो । अन्य नौ जना फरार भएकाले खोजी भइरहेको छ ।

खबर एक्सप्रेस