आज:  | Tue, 29, Sep, 2020

अलबिदा छेतेन…… (फोटोफिचर)

२०७७, २४ भाद्र बुधबार १९:०० मा प्रकाशित ( २ हफ्ता अघि) २८६७६ पाठक संख्या

नेपाली चलचित्र क्षेत्रका इमान्दार लेखक एव निर्देशक छेतेन गुरुङको उपचारको क्रममा काठमान्डौको महाराजगञ्जस्थित मेटो अस्पतालमा निधन भएको छ । ४२ बर्षका गुरुङ अचानक बिरामी भएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।

सन् २०१४ मा चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र सम्बाद लेखेका उनले सन् २०१६ मा चलचित्र क्लासिक, सन् २०१७ को चलचित्र डायरी र सन् २०१८ मा चलचित्र डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन गरेका गुरुङले सन् २०१९ को चलचित्र ए मेरो हजुरको लेखन कार्य गरेका थिए ।

उनको अन्तिम बन्न पुगेको चलचित्र प्रेमगीत ३ मा लेखन, निर्देशन गरेका थिए । यो चलचित्र प्रदर्शनको लागि तयारी अवस्थामा रहेपनी कोरोनाका कारण रिलिज भने हुनसकेको छैन । उनी पछिल्लो समय कमेडी जनराको चलचित्र हुतुतुको टिमसँग लेखनमा व्यस्त थिए ।

उनले नोभेम्बर रेन चलचित्रबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए । भने निर्देशन गरेको पहिलो चलचित्र डमरुको डण्डिबियोबाट २०७६ सालको कामना फिल्म अवार्डमा उत्कृष्ट नवनिर्देशक र २०७६ सालको डि सिने अवार्डमा जुरी अवार्ड समेत् पाएका थिए ।

प्रेमगित ३ चलचित्रमा सँगै निर्देशनको टिमअप गरेका सन्तोष सेनका अनुसार उनी ज्यादै मिलनसार, सकारात्मक बिचार र कृयटीभ ब्यक्ती थिए । छेतेन दाईको एउटा सपना थियो आफ्नो गाउँ मनाङको ७ गाउँको कथालाई सिनेमाको पर्दामा उतार्ने वहाले त्यो आफ्नो सपना त पुरा गर्नुभयो तर सिनेमा नहेरी यती छिटो जानु भयो जुनकुरा विश्वास नै लागेको छैन सन्तोष सेनले भावुक भएर भने ।

प्रेमगित ३ मा लामो समय् टिमअप गरेको पललाई सम्झदै उनले भने निकै सजिलो मान्छे । अरुको जहिले पनि राम्रो सोच्ने मान्छे यती छिट्टै अल्पआयूमा जाला भनेर नसोचेको बताए । छेतेन बिरामी पर्दा घरबाट अस्पताल पुर्याउनेदेखी अस्पतालमा रेखदेख गर्ने र अस्पतालमा अन्तिम साससम्म पनि सँगै बसेर सेवा गरेका थिए । 

नेपाली फिल्म क्षेत्रले एउटा असल ब्यक्ती गुमाएको छ ।स्वर्गिय गुरुङको आत्माको शान्तीको कामना ।

खबर एक्सप्रेस