आज:  | Mon, 15, Apr, 2024

नायक पल शाहले बाग्लुङ पहिरो पीडितलाई सहयोग गरे

२०७७, २५ भाद्र बिहीबार २२:५६ मा प्रकाशित ( ३ साल अघि) ३१६५२ पाठक संख्या

नायक पल शाह र गायक दुर्गेश थापाले केही समय अघी बाग्लुङको ढोरपाटन नपा वडा न. ८ र ९ मा गएको बाढीपहिरो पीडितको लागि राहत सामाग्री हस्तान्तरण गरेका छन् ।

उनले नगद ५०,००० सहित् लत्ताकपडा, खाध्यान्न सामाग्री र स्टेशनरी सहितका सामाग्री हस्तान्तरण गरेका हुन । उक्त सामाग्री ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपाली र नपा वडा न. ८ र ९ वडाध्य्क्षलाई हस्तान्तरण गरेका छन्।

अहिले पनि पहिरो जाने क्रम नरोकिएकोले र स्थानीय सरकारको एकद्वार प्रणालीका कारण सम्बन्धित जनप्रतिनिधीलाई उक्त सामाग्री हस्तान्तरण गरेका छन् । भने पीडित परिवारसम्मै पुग्ने योजना बनाएको बताएका छन् ।

यो सहयोगलाई लिएर ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपाली र नपा वडा न. ८ र ९ वडाध्यक्षले नायक पल शाह लगाएत टिमलाई धन्यबाद दिएका थिए । 

पलको यो कार्यलाई साथदिन इशा गुरुङ, जापानबाट दिपक सुनार, प्रबेश पौडेल, निर्देशक दिनेश राउत, आबु खैरेनीका अभियान श्रेष्ठ, सागर भुसाल लगायत सहयोग गरेको उनले बताए । यसअघी पलले काठमान्डौ, कालिकोट, अछाममा समेत् पुगेर सहयोग गरेका थिए । 

खबर एक्सप्रेस