आज:  | Tue, 29, Sep, 2020

राजा वीरेन्द्र चढ्ने विमानलाई नारायणहिटी संग्रहालयमा ल्याईयो

२०७७, २७ भाद्र शनिबार २३:४५ मा प्रकाशित ( २ हफ्ता अघि) ६८३ पाठक संख्या

काठमाडौं, भदौ २७ गते । 

काठमाडौंको सडकमा जब हवाइजहाज गुड्यो त्यो देखेपछि धेरै मानिस चकित भएका थिए । तर कुरा अर्कै थियो । नेपाली सेनाको पुरानो एभ्राे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारायणहिटी संग्रहालयमा लाने क्रममा सो प्लेनलाई मोटरको सहायताले तानिएको थियो ।

विमान पुरानो भएकाले नारायणहिटी संग्रहालयमा राख्न विमानस्थलबाट सडकै सडक लगिएको थियो । विगतमा राजपरिवारका सदस्य विशेष गरी तत्कालीन राजा वीरेन्द्र सो विमान चढ्ने गर्दथे । अव त्यो बिमानलाई नारायणहिटी संग्रहालयमा राखिने छ् ।

खबर एक्सप्रेस