आज:  | Thu, 18, Apr, 2024

सिन्धुपाल्चोकमा फेरी अर्को बिपत्ती

२०७७, २८ भाद्र आईतवार ०९:४० मा प्रकाशित ( ३ साल अघि) ८०६१ पाठक संख्या

सिन्धुपाल्चोक, भदौ २८ गते ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ ।

हालसम्म तीन जनाको शव फेला परेको स्थानीयले बताएका छन् । 

खबर एक्सप्रेस