आज:  | Mon, 15, Apr, 2024

अब पिसीआर परीक्षणगर्दा दुई हजार मात्र लाग्ने

२०७७, २८ भाद्र आईतवार २१:१३ मा प्रकाशित ( ३ साल अघि) १०९१३ पाठक संख्या

काठमाडौँ, भदौ २८ गते

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षण गर्दा लाग्ने शुल्क दुई हजार तोकेको छ । आज मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले भने सबै प्रयोगशालाले पिसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकिएको जानकारी गरे ।     

अब सबै सरकारी तथा निजी अस्पताल र प्रयोगशाला घटेको शुल्कमा पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ । उनले भने अन्तर्राष्ट्रिय बजारमा पिसीआर परीक्षणको शुल्क पुनरावलोकन भएकोले नेपालमा पनि शुल्क घटेको जानकारी दिए । 

बजारमा रिएजेन्ट र पिसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको उहाँले जानकारी दिनुभयो ।     

खबर एक्सप्रेस