आज:  | Mon, 26, Feb, 2024

विद्युत प्राधिकरणमा फेरी कुलमानलाई नै नियुक्ती गर्ने सरकारको तयारी

२०७७, २८ भाद्र आईतवार २३:४६ मा प्रकाशित ( ३ साल अघि) १३१४५ पाठक संख्या

काठमाडौँ, भदौ २८ गते

२८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिएको छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएको छ । 

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए । कार्यकारी निर्देशकको रुपमा आएको ६ महिनामै घिसिङले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेका थिए । 

यसैबिच प्रधानमन्त्री केपी शर्माओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच कुलमान घिसिङलाई फेरि दोहोर्याउने सहमति भएको बुझीएको छ । नागरिक स्तरबाट पनि उनलाई फेरि दोहोर्याउनको लागि सरकारलाई ब्यापक दबाब आएको छ । यसैबिच उर्जा मन्त्रालयले उनलाई पुनर्नियुक्ति गर्ने प्रस्ताव तयार पारिसकेको श्रोतले बताएको छैनै  । आउने मन्त्रिपरिषद्बबाट नियुक्ती हुने बुझिएको छ।

खबर एक्सप्रेस