आज:  | Tue, 29, Sep, 2020

आज मन्त्रिपरिषद् बस्दै, कुलमान बारे निर्णय हुने

२०७७, २९ भाद्र सोमबार १३:०८ मा प्रकाशित ( २ हफ्ता अघि) ६२१ पाठक संख्या

आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ। प्रधानमन्त्रीले साँझ पाँच बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आजको मन्त्रिपरिषद् बैठकमा विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने गरी मन्त्रालय लागेको बुझिएको छ।

कुलमानलाई पुनः नियुक्ति गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइसकेको छ। कुलमानलाई दोहोर्‍याउने पक्षमा प्रचण्ड रहेका छन् ।भने प्रधानमन्त्री ओलीले त्यती रुची नदेखाएको बुझिएको छ।

खबर एक्सप्रेस