आज:  | Tue, 29, Sep, 2020

पार्टीभित्रको मतभेद र चित्त नबुझेका कुरा सहमतिबाट टुँग्याउ :कमल थापा

२०७७, ३० भाद्र मंगलवार १६:५० मा प्रकाशित ( २ हफ्ता अघि) १०२४ पाठक संख्या

काठमाडौं, ३० भदौ । राप्रपाका अध्यक्ष कमल थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत पार्टीभित्रको मतभेद र चित्त नबुझेका कुरा सहमतिबाट टुँग्याउन सकिने बिचार राखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक र  ट्विटरमार्फत ‘धर्म/संस्कृति बिरुद्धको आक्रमण,ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी सम्वृद्ध नेपाल बनाउन देशले वैकल्पिक बिचार बोकेको शक्ति खोजेको छ।यही आवश्यकता पुरागर्न राप्रपाको एकता भएको हो।मतभेद/चित्त नबुझेका कुरा सहमतिबाट टुंग्याउन सकिन्छ,सार्वजनिक बहसको बिषय नबनाऔॅ” @PashupatiShams @PCLohani भनी लेखेका छन् ।

“डा.प्रकाशचन्द्र लोहनीले एक टिभी अन्तर्वार्ताको माध्यमबाट पार्टी एकतावारे एकपक्षीय रूपमा जुन भ्रम सिर्जना गर्ने प्रयास गर्नु भएको छ,त्यो पार्टी एकताको भावना विपरित छ‌।एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित देखिन्छ।”

खबर एक्सप्रेस