आज:  | Tue, 29, Sep, 2020

असोज १ गतेबाट लामो दूरीका सवारी साधन र आन्तरिक हवाइ उडान हुने

२०७७, ३० भाद्र मंगलवार २३:२३ मा प्रकाशित ( १ हफ्ता अघि) ५९० पाठक संख्या

काठमाडौं, ३० भदौं
सरकारले असोज १ गतेबाट लामो दूरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड पालना गरी सेवा सञ्चालन गर्न सकिने परराष्ट्र मन्त्री एवं नेपाल सरकारका नवनियुक्त प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
उनले आन्तरिक हवाइ उडान असोज १ गतेबाट सुरु गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने बताए । सरकारले नियमित तथा चार्टर उडान गर्न पनि दिने भएको छ । हिमाल आरोहण र पदयात्रा गर्न चाहने विदेशी नागरिकलाई पनि कार्तिक १ गतेबाट सञ्चालन गर्न दिने मन्त्री ज्ञवालीले बताए ।

 

खबर एक्सप्रेस