आज:  | Tue, 16, Apr, 2024

राष्ट्रिय चलचित्र दिवसको शुभकामना

२०७७, १ आश्विन बिहीबार १५:०८ मा प्रकाशित ( ३ साल अघि) ११००६ पाठक संख्या

कलाकार संघले चलचित्रकर्मीहरुलाई शुभकामना दिदै पेशागत हकहितलाई संस्थागत गराउनु पर्ने माग गरेको छ ।कोरोना भाईरसका कारण धेरै थला परेको चलचित्र उधोगलाइ पुन: संचालन गर्नुपर्ने माग गर्दै प्रेस बिज्ञप्ति जारि गरेको छ ।

प्रेस बिज्ञप्ति :

नेपाल चलचित्र विकास बोर्ड र संघ संस्थाहरूको पहलमा २०६८ साल असोज १ गतेबाट मनाउन थालिएको ‘राष्ट्रिय चलचित्र दिवस’ प्रत्येक असोज १ गते मनाउदै आईएको छ । नेपालमा चलचित्रको विकास र यसको इतिहासको सम्झना गर्दै मनाईने चलचित्रकर्मीहरुको पर्बको रुपमा मानिएको ‘राष्ट्रिय चलचित्र दिवस’ यस बर्ष बिश्वब्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ को कारणले स्थगित भएको सर्बबिधितै छ।

लकडाउन र निषेधाज्ञाले गर्दा थला परेको चलचित्र उधोगलाइ चलायमान बनाउन हामी सबैले पहल गर्नु पर्ने आबश्यकता रहेको छ। आज असोज १ गते बाट धेरै जसो ब्यापार ब्यबसाय तथा यातायात समेत संचालनमा आएको अबस्थामा चलचित्र क्षेत्र तथा चलचित्रकर्मीहरु संग प्रतक्ष्य सरोकार राख्ने सिनेमा घर देखि छायांकन सम्म भौतिकदुरि र स्वास्थ्यमापदण्ड अपनाएर पुन: संचालन गर्न पाउनु पर्ने माग गर्दै सम्पूर्ण चलचित्रकर्मीको तर्फ बाट नेपाल सरकारलाइ हार्दिक अनुरोध गर्दछौ।

‘राष्ट्रिय चलचित्र दिवस’ को अबसरमा सम्पूर्ण चलचित्रकर्मीहरु लगायत नेपाली चलचित्रहरुलाई माया गर्ने सुभेच्छुकहरुमा शुभकामना ब्यक्त गर्दछौ।

रबिन्द्र खड्का
केन्द्रिय अध्यक्ष
तथा नेपाल चलचित्र कलाकार संघ परिवार

खबर एक्सप्रेस