आज:  | Fri, 29, Mar, 2024

दशैँ–तिहारपछि रेल सञ्चालनमा आउने

२०७७, १ आश्विन बिहीबार २१:१८ मा प्रकाशित ( ३ साल अघि) १७६७१ पाठक संख्या

काठमाडौँ, असोज १ गते, धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेलको सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेलको सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । कुनै समस्या नआएमा शुक्रबार रेलको सेट जनकपुर आइपुग्ने योजना छ ।
आउने रेलको सेट भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको हो । रेल कुर्था–जयनगर खण्डमा रेल सञ्चालन हुने छ । रेल दशैँ–तिहारपछि सञ्चालनमा ल्याउने तयारी विभागको छ ।

भारतको सरकारी कम्पनी कोनकान कम्पनी मार्फत रेल सेट खरिद गरिएको होे । जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गको भौतिक पूर्वाधार निर्माण भइसकेको छ । रेल बिभागले रेल सञ्चालनको लागी चाहिने आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ ।

खबर एक्सप्रेस