आज:  | Mon, 26, Feb, 2024

क्यान्सर पीडितलाई राप्रपाको भातृ संगठनको ५० हजार सहयोग

२०७७, २ आश्विन शुक्रबार ०९:०६ मा प्रकाशित ( ३ साल अघि) ११२८५ पाठक संख्या

राप्रपाको भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाले झापा हल्दिवारी निवासी राप्रपा सदस्य मिरा अधिकारीको खुट्टामा क्यान्सर भइ ( वीर अस्पताल ) ट्रमा सेन्टर उपचार भइरहेको अबस्थामा आर्थिक अभावका कारण थप उपचारको लागि सहयोग गरेको छ,उहाँ लगायत अन्य विरामिहरूलाई प्रनेएस अमेरिका वाट प्राप्त सहयोग रू.५०,२१० राप्रपा नेता एवं सांसद माननीय राजेन्द्र लिङदेनले विरामिलाई हस्तान्तरण गर्दै सिघ्र स्वास्थ लाभको कामना गरेका ।सो अवसरमा राप्रपा केन्द्रीय सदस्य विजय खडकाले दु:ख पिडामा रहेका नेपालीहरूलाई प्रवासवाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे,उनले प्रवास अमेरिकाको सहयोग लागि अध्यक्ष राजेन्द्र शेरचन लगायत पदाधिकारी सदस्यहरू तथा सल्लाहकारहरूलाई धन्यवाद व्यक्त गरे,राप्रपा केन्द्रीय सदस्यहरू रविन चाम्लिङ तथा गणेश विष्टले प्रवासी नेपालीहरूको सहयोगले मन छोएको विचार व्यक्त गरे।

खबर एक्सप्रेस