आज:  | Thu, 22, Feb, 2024

शिक्षा मन्त्रालयको सचिवमा गोपीनाथ मैनाली

२०७७, २ आश्विन शुक्रबार २०:४७ मा प्रकाशित ( ३ साल अघि) ४१४१७ पाठक संख्या

काठमाडौं, आश्विन २ गते । सरकारले महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनालीलाई शिक्षा सचिवका रुपमा सरुवा गरेको छ । यसअघी पनि मैनालीले शिक्षा मन्त्रालयको मुख्य लेखा नियन्त्रकका रुपमा झण्डै २ बर्ष काम गरेका थिए । उनको त्यो कार्यकालमा बेरुजु फच्छ्र्यौटमा उल्लेखनीय सुधार आएको थियो ।

लामो अनुभव र जिम्मेवारी समालेका मैनालीले १८ बर्षकै उमेरमा २०३८ सालमा खरदारको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए । उनको अझ रोचक कुरा २०४५ सालमा परराष्ट्र,प्रशासन र नेपाल प्रहरीको निरिक्षकमा एकै पटक नाम निकाल्न सफल भएका थिए । पछी उनी प्रशासन सेवामा लागेका थिए ।

नगरपालिकामा प्रशासकीय प्रमुख, स्थानीय विकास अधिकारीको रुपमा काम गरीसकेका छन् । उपसचिबको रुपमा रक्षा मन्त्रालय, राजश्व प्रशासन, लोक सेवा आयोग हुँदै २०६५ सालमा सहसचिव बनेका थिए । उनले  ८ बर्ष योजना आयोगको पूर्वाधार विकास महाशाखाको प्रमुखका रुपमा काम गरेका थिए । जसमा उनको महत्वपूर्ण भूमिका रहेको थियो । 

निकै अनुसाशित सरल स्वभावका मैनालीले २०७३ सालमा सचिवमा बढुवा भएपछी पश्चिमाञ्चल विकास क्षेत्रमा क्षेत्रीय प्रशासकका रुपमा काम गरे । त्यस पछि उनी स्थानीय तहको निर्वाचनका बेला निर्वाचन आयोगमा सचिवमा कार्यरत थिए । त्यहाँ उनले केही सुधार गर्न खोजेको कारण बिबादित बनेपछी उनलाई ४ महिना प्रधानमन्त्री कार्यालयमा जगेडामा राखियो । उनी शिक्षा मन्त्रालयमा आएसँगै शिक्षा मन्त्रालयमा रहेका धेरै समस्याहरु समाधान हुने र शिक्षा क्षेत्रमा समेत् सुधार हुने आशा गरीएको छ ।

खबर एक्सप्रेस