आज:  | Mon, 04, Mar, 2024

नेपाली काँग्रेसको १४औँ महाधिवेशन भदौमा हुने

२०७७, २ आश्विन शुक्रबार २१:४९ मा प्रकाशित ( ३ साल अघि) ८५२६ पाठक संख्या

काठमाडौंँ, असोज २ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन कोरोना भाइरसका कारण फागुनमा हुन नसके २०७८ को भदौमा हुने बताएका छन् ।
काँग्रेसको केन्द्रीय कोभिड–१९ अनुगमन समितिले बिहीबार आयोजना गरेको कर्णाली प्रदेश स्तरीय भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले फागुनमा हुन नसके भदौमा त कुनै हालतमा महाधिवेशन गर्ने बताए ।
पार्टीका सहमहामन्त्री एवं अनुगमन समितिका संयोजक डा। प्रकाशशरण महतले अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा महाधिवेशनको अर्को मिति तय गर्ने स्पष्ट गरे ।

खबर एक्सप्रेस