आज:  | Sat, 20, Apr, 2024

चीनले सिनेमा हल संचालनमा लगाउँदै आएको प्रतिबन्धलाई थप खुकुलो बनायो ।

२०७७, ३ आश्विन शनिबार २२:१३ मा प्रकाशित ( ३ साल अघि) ११७५० पाठक संख्या

बेइजिङ, असोज ३ गते ।
चीनले सिनेमा हल संचालनमा लगाउँदै आएको प्रतिबन्धलाई थप खुकुलो बनाएको छ ।
कोरोना भाईरसको संक्रमणका कारण गतबर्षको शुरुदेखी सिनेमा हल तथा अन्य नाटक प्रदशर्नी बन्द गरीएको थियो । हालका दिनमा चीनमा कोरोना नियन्त्रणमा आएकोले हालका दिनमा सिमित दर्शक राखेर सिनेमा हल सञ्चालन गर्ने अनुमति दिएको थियो ।
त्यो दायरापनि फराकिलो पार्दै छिट्टै थप प्रतिबन्धहरु पनि खुकुलो बनाउने त्यहाँको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

 

खबर एक्सप्रेस