आज:  | Thu, 22, Feb, 2024

ललितपुर महानगरपालिकाले जवलाखेल क्षेत्रमा चार वटा पार्क बनाउदै

२०७७, ३ आश्विन शनिबार २३:१४ मा प्रकाशित ( ३ साल अघि) १३३०० पाठक संख्या

ललितपुर, असोज ३ गते ।

ललितपुर महानगरपालिकाले जवलाखेल क्षेत्रमा चार वटा पार्क बनाउदै छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पार्कको शिलान्यास गरेका छन् ।
चिल्ड्रेन पार्क, मिडल पार्क, पिस पार्क र गणेशमानसिंह पार्क नाम दिइएको यी पार्कहरू कूल २६ आना ३ पैसा जग्गामा निर्माण हुनेछन्। यी पार्कको कुल लागत ७८ लाख ४८ हजार रहेको महानगरपालिकाले जनाएको छ।
पार्कको शिलान्यास गर्दै नगरप्रमुख महर्जनले हरियाली र पानीजन्य परियोजनालाई महानगरले प्राथमिकतामा राखेको काम गर।ेको बताए।
खुल्ला ठाउँको अहिले संरक्षण गर्न जरुरी रहेको बताए । ललितपुर महानगरपालिकाले लगनखेल, कुमारीपाटीको प्रसादी एकेडेमी नजिकै पार्क निर्माणको तयारी गरिरहेको छ।

खबर एक्सप्रेस