आज:  | Wed, 17, Apr, 2024

नेकपाको सचिवालय बैठक सुरु

२०७७, ४ आश्विन आईतवार १२:५९ मा प्रकाशित ( ३ साल अघि) ८५८८ पाठक संख्या

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पेरिसडाँडामा रहेको  पूर्वमाओवादीको कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । बैठकको अध्यक्षतामा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।पार्टी एकता पछि पहिलो पटक पूर्वमाओवादीको केन्द्रिय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।

आजको बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तीसम्मका विषयमा छलफल हुने बताईएको छ । पार्टी विवाद समाधान गर्न गठित कार्यदलले मन्त्रिमण्डल पुर्नगठन, मुख्यमन्त्री हेरफेरलगायतका एजेण्डामा सुझाब दिएको थियो । सोही एजेण्डामा आजको बैठक केन्द्रित हुने नेकपाले जनाएको छ ।

खबर एक्सप्रेस