आज:  | Fri, 19, Apr, 2024

राप्रपा कार्यसम्पादन समितिको बैठक असोज ६

२०७७, ४ आश्विन आईतवार २०:०६ मा प्रकाशित ( ३ साल अघि) १२१८४ पाठक संख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन अध्यक्षहरूको बैठकले आगामी मंगलबार कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको छ । पार्टि एकीकरण भएपछि राप्रपाको चुनाव चिह्न के राख्ने भन्ने विषयमा मत मतान्तर हुदै आएको छ ।
राप्रपाका अध्यक्ष कमल थापाका अनुसार आजको बैठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय गरेको छ । थापाले भनेका छन्, ‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज ६ गते गर्ने निर्णय पनि गरेको छ ।’

 

खबर एक्सप्रेस