आज:  | Thu, 28, Mar, 2024

कोरोनाबाट विदेशमा दुई सय ४४ नेपालीको निधन

२०७७, ५ आश्विन सोमबार २२:२२ मा प्रकाशित ( ३ साल अघि) १०२०० पाठक संख्या

काठमाडौँ, असोज ४ गते । कोरोना भाइरसका विदेशमा रहेका दुई सय ४४ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

कोरोनाका कारण १७ देशका दुई सय ४४ जना नेपालीले ज्यान गुमाएको संघले जनाएको छ । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना सङक्रमित भएका छन् । कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गुमाई सकेका छन् ।

खबर एक्सप्रेस