आज:  | Sun, 18, Feb, 2024

राप्रपाले चुनाव चिह्न हलो र गाई अंकित झण्डा राख्ने निर्णय

२०७७, ६ आश्विन मंगलवार २२:४२ मा प्रकाशित ( ३ साल अघि) १५६८७ पाठक संख्या

काठमाडौं, असोज ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो र गाई अंकित झण्डा राखेर दल दर्ता गर्ने भएको छ ।
धुम्बराहीमा मंगलबार बसेको कार्यसम्पादन समितिको संयुक्त बैठकले चुनाव चिन्ह र झण्डाबाटे निर्णय गरेको छ ।
२४ फागुन २०७६ मा कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी पार्टी एकीकरण घोषणा भएको थियो । पार्टी एकीकरण भए पनि चुनाव चिन्हको विषयमा भने सहमति हुन सकेको थिएन ।
चुनाव चिन्हको बारेमा टुंगो लगाउन सोमबार पनि कार्यसम्पादन समितिको बैठक बसेको थियो । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो । एकता महाधिवेशन आगामी वैशाख २५–२८ गते विषयमा पनि सहमति जुटेको छ ।

खबर एक्सप्रेस