आज:  | Fri, 19, Apr, 2024

एसिड आक्रमण गर्नेलाई कडा कार्बाही हुने

२०७७, ८ आश्विन बिहीबार २३:१० मा प्रकाशित ( ३ साल अघि) ८९६० पाठक संख्या

काठमाडौं, आश्विन ८ गते,
एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । एसिड आक्रमण गर्नेलाई कडा कार्बाही गर्ने भनी यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका थिए । उनले अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन बनाइने बताएका थिए । त्यसका लागि उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन पनि दिएका थिए ।
एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने गरी कानुन बनाउन लागेको बुझिएको छ ।

खबर एक्सप्रेस