आज:  | Thu, 28, Mar, 2024

प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षमा गोपाल बुढाथोकी

२०७७, ९ आश्विन शुक्रबार १५:३६ मा प्रकाशित ( ३ साल अघि) ७८७५ पाठक संख्या

काठमाडौं, असोज ९ गते । प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन भएका छन्।  शुक्रबार बसेको काउन्सिल बोर्डको बैठकले ज्येष्ठ सदस्यको रुपमा ऊनलाई कार्यबाहक अध्यक्ष चयन गर्ने निर्णय गरेको हो।

प्रेस काउन्सिलका वरिष्ठ प्रशासन सहायक महेन्द्रराज सिंहका अनुसार कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले आफ्नो कार्यकाल सकिन अघी शुक्रबार आफ्नो पदबाट राजिनामा दिएका छन् । नयाँ नियुक्ती भएका बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन । बुढाथोकीलाई ज्येष्ठ सदस्यको रुपमा बोर्ड बैठकले जिम्मेवारी दिएको हो ।

खबर एक्सप्रेस