आज:  | Sat, 31, Oct, 2020

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि

२०७७, ९ आश्विन शुक्रबार २२:४० मा प्रकाशित ( १ महिना अघि) ६५२ पाठक संख्या

आश्विन ९ गते,। ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मेयर महर्जनको स्वास्थ्यमा केही समस्या देखिएपछि बिहीबार उनले पीसीआर परीक्षण गराएका थिए । शुक्रबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ भएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् । मेयर महर्जन अहिले बखुन्डोलस्थित आफ्नो घरमा आइसोलेसनमा बसेका छन् ।

खबर एक्सप्रेस