आज:  | Sat, 24, Oct, 2020

कस्ता व्यक्तिले कोरोना परीक्षण गर्ने ? सरकारको आग्रह

२०७७, ९ आश्विन शुक्रबार २२:५५ मा प्रकाशित ( ४ हफ्ता अघि) ९३१ पाठक संख्या

कोरोना लक्षण नदेखिएका नागरीकलाई कोरोना परीक्षण नगराउन सरकारले आग्रह गरेको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो बारे प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन् ।
निम्न अनुसारले मात्र परिक्षण गर्न अनुरोध गरीएको छ ।
१. ज्वरो तथा सुख्खा खोकी लागेमा ।
२. श्वासप्रश्वासमा समस्या भएमा ।
३. झाडापखाला लागेमा
४. कुनै स्वाद वा गन्ध थाहा नपाउने गरी भएमा ।
यी ४ लक्षण भएमा पिसिआर परीक्षण गराउन अन्यथा यी बाहेकका लक्षण नदेखिएकालाई परीक्षण नगराउन सरकारले आग्रह गरेको छ।
त्यस्तै संक्रमितको सम्पर्कमा आएकाहरुलाई भने ५ दिनपछि मात्र परीक्षण गराउन भनेको छ। शल्यकृया गर्नुपर्नेहरु तथा जटिल अवस्थामा रही डिस्चार्ज गर्नुपर्ने आइसियूमा राख्नुपर्ने सबै बिरामीहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीहरुको पिसिआर परीक्षण गर्नुपर्नेछ।

खबर एक्सप्रेस