आज:  | Thu, 28, Mar, 2024

चितुवा पासो परेपछि निकुञ्जमा पठाउने तयारी

२०७७, ११ आश्विन आईतवार २१:५८ मा प्रकाशित ( ३ साल अघि) ८९६० पाठक संख्या

पोखरा, आश्विन ११ गते,
तनहुँको भानु नगरपालिका–३ तुलुङकोटमा थापेको पासोमा पोथी चितुवा परेको छ । बाख्रा सहित थापेको पासोमा सो चितुवा परेको थियो।
तनहुँमा दुई वर्षको अवधिमा नरभक्षी चितुवाको आक्रमणबाट नौ बालबालिकाको मृत्यु भैसकेको छ । भने सात जना घाइते भएको जिल्ला वन कार्यालयले बताएको छ । सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाका विभिन्न ठाउँमा गरी १६ वटा पासो थापिएको थियो । हालसम्म आठ वटा चितुवा पासोमा परिसकेका छन् ।
पासोमा परेको चितुवालाई डिभिजन कार्यालय, दमौलीमा राखिएको छ । पासोमा परेको चितुवालाई निकुञ्जमा पठाउने तयारी भैरेहको छ ।

खबर एक्सप्रेस