आज:  | Fri, 19, Apr, 2024

ललितपुर महानगरपालिकालाई चम्काउदै मेयर चिरीबाबु

२०७७, ११ आश्विन आईतवार २३:०१ मा प्रकाशित ( ३ साल अघि) १४६३३ पाठक संख्या

काठमाण्डौं, आश्विन ११ गते,
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरपालिकालाई भिन्न महानगरपालिका बनाउन शुरुदेखी बिभिन्न घोषणा गरे । घोषणा गरे अनुरुप समयमा काम नहुदा उनको बिरोध पनि भयो । तर भिन्न कार्य गर्न रुचाउने मेयर चिरीबाबु केही भिन्न शैलीका भने पक्कै हुन । उनको त्यो शैलीलाई साथ दिन केही समय अगाडी मात्र नियूक्ति पाएका नगर प्रहरी प्रमुख सीताराम हाँछेथुले महानगरमा केही परिवर्तनको संकेत दिएका छन् ।
मेयरको निर्देशनमा हाँछेथु कै अग्रसरतामा महानगरपालिकाले कुपण्डोल, पुल्चोक, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरेको छ । महानगरपालिकाले सहरलाई सफा, सुन्दर र हरियाली बनाउन उक्त कार्यलाई तिब्रगतीमा अगाडी बढाएको छ । आजैदेखी महानगरपालिकाको कुमारीपाटी स्थित महायान पेट्रोल पम्पको फुटपाथमा व्यापार गर्न र सवारीसाधन पार्क गर्न निषेध गरिए छ । भने फुटपाथमा निर्माणका सामाग्रीहरु थुपार्ने फुटपाथमा व्यापार व्यवसाय गर्ने र सवारी साधन पार्क गर्ने जस्ता कार्य गर्न नपाउने गरी रोक लगाएको छ । केही समय अघिमात्र मेयर चिरीबाबु महर्जनले ललितपुरको जावलाखेलमा एकैसाथ चिल्ड्रेन, मिडल, पिस र गणेशमान नामक चार उद्यान शुरुवात गरेका थिए हाल ती उद्यानको निर्माण कार्य भैरहेको छ ।

खबर एक्सप्रेस