आज:  | Fri, 19, Apr, 2024

डाक्टर गोविन्द के: सी को सत्याग्रह साच्चै अमानवीय नै छ ?

२०७७, १२ आश्विन सोमबार ०८:४३ मा प्रकाशित ( ३ साल अघि) २९३५८ पाठक संख्या

लेखक: दुर्गा प्रधान

…. जान्न मन लाग्या डाक्टर गोविन्द के: सी को माग साच्चै जनता र देशको लागि अमानवीय नै छ र  ?
अब पालो सरकारले जवाफ दिने बेला आएन र खोज अब सरकारका प्रतिपक्ष र नागरिक समाज,मानव अधिकारवादी को पनि होईन र ? अब डाक्टर के: सीको जीवनरक्षाको जिम्मेवारी हामी आम नागरिकहरूको पनि हो । किन उहाँको बर्सौ देखि के का लागि  र कीन ? कसका लागि सत्याग्रह बस्नु हुन्छ, लामो समय सम्म उहाँको माग सरकारले सुन्दैन र चासो पनि देखाउदैन, एउटा अविवाहित डाक्टर जीवनको कुनै रङ्ग छैन सिर्फ विरामीको लागि विशुद्व सेवा बाहेक त्यो पनि पटक पटक अनशन बसेर मृत्युको मुखमा पुगेर फर्किन्छ, किन होला ज्यान कै बाजि राखेर अनशन बस्छन, कतिले त उहाँको अनशसन जाहेज छ भन्छन, त कतिले पागल को संज्ञा सम्म पनि दिन भ्याएका छन । एउटा मानव शरीर पढेको डाक्टर अनि जीवन नै मानव सेवामा समरपित हुन्छु भनेर मेडिकल भाषामा शपथ लिएका होलान सायद, त्यहि शपथमा पागल भएका छन ।

उहाँको शपथ हाम्रो राजनीतिज्ञहरूको जस्तो देश र जनताको लागि शपथ खाने काम चाहिँ नातावाद र कृपावाद, राजनीति भित्र लुकेर लाजनिति गर्ने  पक्कै छैन निक्कै कठोर छ । हामिले सजिलै महशुस गर्नु सक्छौ उहाँलाई हेरेर र उहाँको मानव सेवा पनि एकदम नै त्यस्तै देखिन्छ, न ठुलो ईच्छा आकाक्षा देखिन्छ न भाौतिक सुविधाको लोभ नेपालका अति दुर्गम क्षेत्रमा सेवा दिन उहाँको रोजाई खोजाई देखिन्छ । तर कहिलेकाही त म पनि उहाँ बारेमा सोच्छु एउटा हुटिट्याउले सागर कसरी थाम्न सक्ला र ? तर पनि उहाँ लडिरहनु भएकोछ । हामी तीन करोड नेपालीकोलागि सरकारसंग उहाँको लडाईमा निष्ठा छ स्वार्थ पटक्कै देखिन्दैन  डाक्टर के: सी जिउदो ईतिहास हुन हामी साधारण नागरिकले बुझेका छौ तर सरकार र मेडिकल माफियाले उहाँको न भाषा बुझे त उहाँको मानव सेवा नै बुझे, बुझे त एउटै कुरा यो पागल डाक्टर जहिले अनशन बस्छ, खोज र अनुसन्धान नगर्नेहरूले बुझुन पनि कसरी केवल स्वार्थ छ सत्ता रगतमा जनता र देश छैन राजनीति र कर्तव्यमा, डाक्टर के:सी एउटा नागरिक हिसावले पनि यो देशको शिक्षित नागरिकमा पर्नु हुन्छ । अनि उहाँको पेशा विशुद्व समाज सेवा तर उहाँको यो अनशनलाई पटकै पिच्छे सरकार अनदेखा गरिरहन्छ ! 

किन होला के एउटा स्वच्छ छवि भएका डाक्टरले देश र जनताको भलो हुने माग आफ्नो सरकारसंग राख्ने अधिकार छैन ? यदि छ भने किन उहाँको मागललाई सरकारले सुनुवाई गदैन, के उहाँको माग गरिव दु: खी जनता जो स्वास्थ्य उपचारको को पहुचसम्म पुग्न नसक्नेहरूको लागि स्वास्थ्य क्षेत्रका विकृति हटाउदै स्वास्थ सबैको अधिकार र पहुँच सम्म पुर्याउने उहाँका माग सरकारलाई किन उचित लागेन त ? सबै माग त उहाँको पनि जायज त नहोलान तर धेरै माग जनता र देश कै हितमा हुनुपर्छ, कि उहाको माग ब्यक्तिगत सुखसयलका पनि छन कि ?

यदि छैनन भने किन उहाँको स्वास्थ्य दिनदिनै कमजोर हुँदै जादैछ वृद्व शरीर कति थेग्ला त खाली पेटले आवाजहरू कसरी बुलन्द होलान त ? गहिरिएर किन सोच्द‌नन सरकार पक्षले सम्भव त उहाको अनशन ब्यक्तिले गरेको जनता र देशको लागि लामो र धेरै पटक होला । उहाँको सत्याग्रह यदि नाजायज छ भने कारबाहीमा ल्याउनु आवश्यक छ । होईन भने सम्बोधन हुनुपर्छ, एक त सत्याग्राहिले उसको स्वीकृति विना छुन पनि मिल्दैन, तर यहाँ त प्रहरी प्रशासनले लछार पछार गरेको समाचारहरू देखिन्छन ! 

यस्ता अमानवीय कार्यलाई रोक्न खोई नागरिक समाज , र सरकारमा बसेका प्रतीपक्ष पनि मौन देखिन्छन किन होला ? यदि सरकारले देश र जनताको हितको पक्षमा छ भने डाक्टर केसी संग सम्वाद किन गदैन ? सरकार मेडिकल माफियाहरूलाई किन सपोट गर्छ । सरकार जनताको अविभावक हो भने एउटा वृद्व डाक्टर जनताको पक्षमा  एक्लै मेडिकल माफियाहरूसग लड्दा सरकार किन मौन छ ।यदि जनताको पक्षमा सहमति जनाउने हो सरकारले भने त डाक्टर केसीको मागसग सहमत हुँदै मेडिकल माफियासंग पूरा गर्नु सकिने जो जनता र देशको हितमा माग छ त्यो पूरा गरिदिनु आवश्यक छ । सरकार डाक्टर केसीको मागसंग सहमत छ‌न र यो सरकारले कहिले जनताको पक्षमा काम नगरेकै होत? सोच्न मन लाग्छ  ।

किन डाक्टर केसीलाई मर्नु दिने नै हाटो र ? उहाँको जीवन रक्षाको लागि आवाज र दवाव सरकारलाई दिनु आवश्यक छ, जतिसक्दो छिटो, कि डाक्टर केसीको यस्तो सत्याग्रह गरिव निमुखा जनताका छोरा छोरी जो स्वस्थ भएर स्वास्थ्यकर्मी भएको हेर्नू नचाहेको हो भने सबैले गहन अध्ययन गरौ । गरिव र निमुखा जनताका छोरा छोरीले सरल सुविधामा डाक्टरी पेशा  अध्ययन गर्नु नपाउने कि उहाँको मागले धेरै भुगोलले  पिछडिएका तथा ईच्छा भएर पनि अवसर नपाएका विधाथी ले अध्ययन गर्नु पाउने कुरामा सरकार पक्ष सहमत नहुने कारण पनि केही त होला । भलै जे होस, यस्ता कुरा पछि अध्ययन र समयले अवश्य वताउला, तर अब सरकार डाक्टर केसी को मागलाई चाण्डै सम्बोधन गरियोस ! यो सम्बोधन नै अब अन्तिम पटक होस । र उहाँको सत्याग्रह पनि अन्तिम नै होस हामी कामना गरौ ।

कोभिड – १९ ले देश र जनता थिङथिलो छ, अस्पतालहरूमा बिरामीहरू थुप्रिएका छन, ज्यानको बाजि राखेर सेवारत स्वास्थ्यकर्मी र डाक्टरहरू , डाक्टर केसीको समर्थनमा हज्जारौं डाक्टर सडकमा आन्दोलनरत हुदैछन, भोलि अस्पतालहरूमा सेवा ठप्प पादै  आन्दोलन जारी राख्छन अनि बिरामी सेवा नपाएर मर्छ्न त्यो समय कसलाई समाल्न सकिएला यस्ता कुरामा सरकारको ध्यान जान जरूरी छ । 

किन कि भोली ईतिहासले श्राप देला डाक्टर के: को त एउटा ज्यान हो जुनसुकै बेला जान सक्छ, तर उहाँसगै हामी जस्ता  धेरै नेपाली जनताहरूको सास अल्झिएको छ ।

सरकारले किन यस्ता कुराहरू बुझेर पनि बुझ पचाईरहेको छ ? त पटक पटक पहिला पनि बार्ता गर्ने अनि कार्यनयन नगर्नु को कारण नै डाक्टर के: सीको पटक पटकको अनशन र पिडा चाहिँ के रहेछ त ? हामी सर्बसाधारण  तर सचेत नागरिकले पनि बुझ्न र जान्नु चासोको विषय पक्कै छ ।

कि सरकार मेडिकल माफियाहरूको कमाउ धन्दामा सघाउ प्रोग्राम छ होईन भने जनताको अविभावक सरकार हो भने किन जनताको लागि लडेका मुद्वा डाक्टर केसीलाई सरकारका सम्बन्धित निकायले अनेक संज्ञा दिन्छन डाक्टर के: सी लाई कहिले ईमोशनल ब्ल्याकमेलिङ त  कहिले ढोगीको उपनाम दिन्छन ।

उहाँको सत्याग्रह के ब्यक्तिगत स्वार्थ छ ? र ठुला ठुला आकांक्षा पजेरो विदेश शयेर परिवारलाई महल छोरा छोरीलाई विलासिताका भौतिक सुविधा त्यस्तो त खै केही दिखिन्न त डाक्टर केसीका माग त तर सरकार उहाँको मागलाई सम्बोधन गर्ने कुरामा उदाशिन देखिन्छ सधै किन होला ? 

हुन त हाम्रो देशमा सरकार चलाएर जनता माथी शासन गर्नेहरूले जहिल्यै पनि दवाव नदिई प्रभाव नपर्ने बानी नै परिसकेको छ ।तर कहिले सम्म त यस्ता दवावमा मात्र निर्णय लिने त सरकारले पनि डाक्टर केसीका मागहरू सम्बोधन गर्नु मिल्ने त यथाशीघ्र गरिदिए हुने हो । अब त दिक्दार भईसक्यो वृद्व शरीर पटक पटकको भोक हडताल शरीरले पनि थेग्न पर्या नि सरकार एकपटक गहन सोच राखौ ।शरीर त डाक्टरको पनि हाम्रो जस्तो सासले चल्ने हो नी होईन र सास चल्नु पनि त इनर्जी चाहिन्छ नी होईन र ? 

इनर्जीको लागि खाना र खाना पछि सास तर कति दिनसम्म डाक्टर केसीको सास हामि जस्ता जनताको लागि अडकलेर फर्नु पर्ने हो सरकार ध्यान दिनु जरूरी छैन । जायज मागका लागि ज्यानमाथि खेलवाड किन गरेको? सरकार !

मृत्यु त मान्छेको अनेकौं कारणले पनि हुन सक्छ यदि डाक्टर के: सीले सत्याग्रह मै मृत्युवरण गर्नु भयो भने उहाँको मृत्यु महान र अमर हुन्छ सदासदाको लागि तर सरकारलाई हत्याको आरोप अवश्य लाग्ने छ । ईतिहासले श्राप दिनेछ ! युगौ युग सम्म कुनै शंका छैन ।

(लेखिका दुर्गा प्रधान गीतकार तथा लेखिका हुनुहुन्छ )

खबर एक्सप्रेस