आज:  | Fri, 19, Apr, 2024

नयाँ भित्रीने र बाहिरीने मन्त्री यी हुन सक्छन्

२०७७, १२ आश्विन सोमबार १३:१५ मा प्रकाशित ( ३ साल अघि) ८५२६ पाठक संख्या

काठमाडौं, असोज १२। मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी सुरु भएपछी मन्त्री बन्नेको दौडधूप शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल(प्रचन्ड) मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारीमा जुटेका छन् । मन्त्री हुनका लागि नेताहरुको दौडधूप शुरु भएको छ। पहिलो चरणमा संघीय सरकार र दोस्रो चरणमा प्रदेश सरकार पुनर्गठन गर्ने तयारी भइरहेको नेकपा स्रोतको दाबी छ । नेकपा स्थायी कमिटी निर्णयअनुसार संघीय र प्रदेश सरकार पुर्नगठन गर्न लागिएको हो । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, कृषिमन्त्री घनश्याम भुषाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानीमन्त्री बिना मगर, ऊर्जामन्त्री वर्षमान पुनबाहेकका मन्त्री परिवर्तन हुन सक्ने अनुमान लगाईएको छ । यी बाहेकका मन्त्रीलाई हटाउने र नयाँ ल्याउने गृहकार्यमा शीर्ष नेता रहेको स्रोतको भनाइ छ । 

नयाँ मन्त्रीका रूपमा आउन सक्नेमा नेकपा महासचिव विष्णु पौडेलसहित भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, विशाल भट्टराई, प्रभु साह, देवेन्द्र पौडेल, पम्फा भुषाल, महेश बस्नेत, हरिबोल गजुरेल, सोमप्रसाद पाण्डे, किशान श्रेष्ठ, विरोध खतिवडा, कर्ण थापालगायतका नेता रहेको नेकपा स्रोतको भनाई छ।आजको राजधानीले लेखेको छ ।

खबर एक्सप्रेस