आज:  | Sat, 24, Oct, 2020

एसिड आक्रमण गर्ने माथी बनेको कडा कानुन जारी

२०७७, १२ आश्विन सोमबार २०:४१ मा प्रकाशित ( ३ हफ्ता अघि) ४६६ पाठक संख्या

काठमाडौँ, असोज १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश सोमबार जारी गरेकी छन् । मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७७ जारी गरेकी हुने।
पछिल्लो समय एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी एसिड आक्रमण गर्नेमाथि थप सजायको व्यवस्था अध्यादेशमा गरेको छ । एसिड आक्रमण गर्नेलाई बढीमा २० वर्ष कैद र १० लाख रुपियाँसम्म जरिवानाको व्यवस्था अध्यादेशमा गरिएको छ ।

खबर एक्सप्रेस