आज:  | Sat, 24, Oct, 2020

हुम्लामा चीनले नेपाली भूमि मिचेकै हो: सांसद रंगमती शाही

२०७७, १२ आश्विन सोमबार २१:२८ मा प्रकाशित ( ३ हफ्ता अघि) २४८१ पाठक संख्या

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले हुम्लामा चीनले नेपाली भूमि मिचेको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएकी छन् ।

विज्ञको टोलीसहित परराष्ट मन्त्रालय, भूमि मन्त्रालय, नेपाली सेनाका प्रतिनिधि र त्यहाँका जनप्रतिनिधिहरुको संयुक्त टोली यथाशिघ्र अनुगमनमा जानको लागि माग गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिइन् ।

कर्णालीको हुम्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद शाही यसअघी पनि बिभिन्न बिषयमा ससदमा कडारुपमा प्रस्तुत हुँदै आएको छन् ।
ज्ञापनपत्र बुझदै परराष्ट्रमन्त्रीले सो बिषयमा छलफल गर्ने बचन दिएको शाहीले जानकारी दिइन् ।

खबर एक्सप्रेस